समस्यामा पठाओ, के बन्द हुन्छ पठाओ ?

बंग्लादेशमा मुख्य कार्यलय रहेको पठाओले धमाधम कर्मचारि कटौति गरिरहेको छ । उबरसँग स्थानिय प्रतिस्पर्धा गर्न नसक्नु र लगानिकर्ताको विश्वास जित्न नसक्नुलाइ मुख्य कारण देखाइएको छ । टेक‍इन‍एसियाले यस बारेमा बिस्तृत समाचार छापेको छन् ।

पठाओले आफ्नो स्थापनकालमा थोरै मात्र मोटरसाइकल लिएर सामान डेलिभरिको कामबाट आफ्नो काम सुरु गरेको थियो। पछि गएर अमेरिकन लगानि फर्म ब्याट्रि रोड डिजिटलमार्फत लगानि भित्र्याउन सफल भएको थियो । ब्याट्रि रोड डिजिटलले संसार भरिनै राइड सेयरिङमा लगानि गरिरहेको छ । बिस्तारै, पठाओले फेसबुक ग्रुप मार्फत बिटा भर्जनको परिक्षण गरेको थियो। २०१६ मा आधिकारिक रुपमा दर्ता भएको कम्पनिले ब्याट्रि रोड डिजिटल र स्काइक्याचरबाट ८२५,००० डलर बराबरक फण्डिङ पाएको थियो ।

नेपालमा समेत सेवा सुरु गरेको पठाओको 3,04,274  सेयर, अमेरिका स्थित पठाओ इंक संग छ भने, बंगलादेशि कम्पनि पठाओ लिमिटेड संग १०० बंगालेशि टाका बराबारको एक कित्ता सेयर छ । र हाल आएर अमेरिकि कम्पनिले आफ्नो लगानि झिकेपछि, कम्पनिको भविश्य के हुने भन्नेमा अन्योल छाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *